३ असार २०८२, मंगलबार | Tue Jun 17 2025

नेपालमा ठुला दलहरुको एकल सोचको कारण मुलुक अघि बडन नसकेको


Ang

३ आश्विन २०७६, शुक्रबार  

0
Shares

समाजवादी पार्टी नेपालका सहअध्यक्ष तथा सांसद राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा न्युर्योकमा नेपाल सन्दर्भ ‘समुन्नत संघीय समाजवाद र यसको महत्व’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । प्रमुख अतिथि तथा सांसद श्रेष्ठले अमेरिकाको पार्टी र सरकार सञ्चालसंगै निर्वाचनमा उम्मेद्धवर छनौट लगायत पाटी विचार र सिदान्तको बारमेा अध्ययन गर्ने क्रममा धेरै कुराको ज्ञान मिलेको बताए । ‘ यहाको राजनितिको अध्ययनको क्रममा मैले अमेरिकाको डेमोक्यार्र््िक पार्टी आफनो पार्टीको नीतिसंग धेरै हदसम्म नजिक रहेको पाइयो ‘ ।

नेपालमा ७ दशक देखि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीका रुपमा दुई धारको राजनीति अगाडि बढेपनि जनताको भावना अनुरुपको कार्य गर्न सकेको छैन ‘ । उनले बताए । नेपाली कांग्रेसले स्थापनाको केही वर्षपछि नै हामी प्रजातान्त्रिक समाजवादमा विस्वास गर्छौ, अर्थात् डेमोक्रेटिक सोसलिज्म हाम्रो सिद्धान्त हो भनेर अगाडि आए जस्तै ‘नेपाल कम्युनिष्ट पार्टीले पनि समाजवाद हुदै हामी साम्यवादसम्म पुग्छौं भनेर राज्यको अधिनायकत्व रहेको समाजवादी व्यवस्थाको पक्षमा कम्युनिष्ट पार्टी अगाडि आयो । यसरी हेर्दा दुर्व पार्टी समाजवादकै कुरा गरेको तर ती पार्टीहरु पटक-पटक सत्तारुढ हुदा पनि नेपालमा समाजवाद किन आएन वा समाजवादको दिशामा देश किन जान सकेन भन्ने यसको पछाडिका कारणहरु खोज्न जरुरी छ ?’ नेता श्रेष्ठले नेपालमा ती पार्टीले लिएको सिद्धान्त र विचारले किन सम्पूर्ण उत्पीडित विभिन्न समुदायहरु राज्यको सुविधाबाट बन्चित भएको तथा उनीहरुले किन मुक्ति हासिल गर्न सकेनन् भन्ने यसको पछाडिका कारणहरु खोज्नुपर्ने बताए । नेपालमा समाजवादको नाममा नेपाली कांग्रेस र कम्युनिष्टले एकल जातिय समाजवादको वकालत गरेको र नेशनल स्टेटका रुपमा लागु भएका समाजवादको नक्कल गरेकाले उत्पीडित समुदायको विकास हुन नसकेको गुनासो गरेका थिए ।

‘ ति पाटीको एकल सोचको कारण जुनसुकै सरकार आउदा पनि जातिय समस्या हल नहुने वर्गिय तथा भाषिक उत्पीडित भइरहने, एकल जातिय र सभ्यताको मात्रै प्रचार प्रसार गरेको तथा संघीय गणतन्त्रमा पनि परिवर्तन भएको नदेखिएको हो ‘ उनले बताए । आदिवासी जनजाति महासंघ फिप्नाका संस्थापक अध्यक्ष तथा नेपाली समाज अमेरिकाका पूर्वअध्ययक्ष कर्मा गेल्जेन शेर्पाले नेपालमा व्यवस्था परिवर्तन भएपनि शासकिय स्वरुप परिवर्तन नभएको बताए । उनले विदेशमा बस्ने नेपालीका लागि दोहोरो नागरिकताको विषयमा कुरा उठाउादै विदेशीको ऋण अनुदानले मात्र नभएर विदेशमा बस्ने नेपालीको रेमिट्यान्सले पनि देशमा केही योगदान गरेको छ भन्ने सरकारले नसोचेको भन्दै विषयमा संसदमा कुरा उठाइदिन अनुरोध गरेका थिए ।

त्यस्तै शेर्पाले नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भन्ने एउटा जमात रहेको बताउदै धर्म व्यक्तिले मान्ने र माटोले नमान्ने भएकाले लोकतान्त्रिक संघीय गणतान्त्रिक व्यवस्था आइसकेको देशमा निरंकुश पंचायती शैलीको कुरा ल्याएर जातिय युद्ध निम्त्याउन खोजेको आरोप समेत लगाए । त्यस्तै फिप्नाका अध्यक्ष मान रानामगरले संघीय समाजवादी फोरम पार्टी गठन हुादाखेरी नै यो पार्टीबाट आदिवासी, जनजाति, मधेसी, मुस्लिम लगायत पिछडा वर्गको आवाज तथा अधिकारका बारेमा कुरा उठाउने छ भन्ने आसा राखेको बताएका थिए । उनले समाजवादी पार्टी नेपाल र सरकारबीच सहमति भइसक्दा पनि संविधान संशोधनको कुरा पार्टीले सुरुवातै गर्न नसकेको भन्दै दुःख व्यक्त गरेका थिए । कार्यक्रम समाजवादी पाटी अमेरिकाका उपाध्याक्ष्ा लिला राईको सभापतित्वमा भएको थियो भने महासचिव लोक चेम्जोङले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

 

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ७ : ५३ बजे