३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

एनसी एनसीको अध्यक्षमा भिमसेन बस्नेतको उम्मेदवारी


Ang

७ आश्विन २०७६, मंगलबार  

0
Shares

नेपाल सेन्टर अफ नर्थ क्यारोलिना (NCNC) को अध्यक्षमा समाज सेवी भिमसेन बस्नेतले उम्मेदवारी घोषणा गरेका छन । एनसी एनसी, नर्थ क्यारोलिनामा रहेका नेपालीको हितमा काम गर्दै आएको सामाजिक संस्था हो । डा. बटु शर्मा नेत्रित्वको नेपाल सेन्टरको बर्तमान कार्यकाल आउने डिसेम्बर देखि सकिदैछ। बस्नेत नेपाल सेन्टरको बर्तमान कार्यसमितीमा कोषाध्यक्षको जिम्मेवारीमा समेत छन ।
‘ लामो समय देखि प्रबासी नेपालीको हितमा अहोरात्र खटेको छु । आउने दिनमा नेपाली समुदाय र संस्थाको लागि अझ खटेर काम गर्ने छु” उनले भने । ‘आपतमा परेका नेपाली चीना जाना नभए पनि एअरपोर्टबाट उठाएर आफ्नो घरमा ल्याएर अन्त बस्ने ब्यबस्था नहुँदा सम्म राखेको छु । यो एउटा उदाहरण मात्र हो । काम गर्न संस्था मै हुनु पर्छ भन्ने छैन तर जिम्मेवारी मै हुँदा समुदायको ऋणी भैइन्छ । जिम्मेवारी बहन गर्नै पर्ने हुन्छ ।” बस्नेत नेपाली समुदायमा मिलनसार ब्यक्तीको रुपमा चिनिन्छन ।
‘बढ्दो जनसंख्यासंगै एनसी एनसीको काम र् जिम्मेवारी समेत बढेको छ । संस्थालाई ब्यक्ती, राजनीति, धार्मिक, जातिय लगाएत अन्य हस्तक्षेप बाट जोगाएर समुदायको हितमा इमान्दार रुपमा जिम्मेवार भैइ काम गर्नेछु ” बस्नेतले थपे । “संस्था सबैको हो भन्ने सन्देश दिनु जरुरी छ। ” “भिमसेन बस्नेत नर्थ क्यारोलिनाको नेपाली समुदायमा धेरैले रुचाएका नाम हो । उनी इमान्दार छन । रमाइला छन । सहयोगी छन” केरी निबासी शिब क्षेत्रीले भने । कार्यकारी बोर्डको कार्यअबधी २ बर्षको रहनेछ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ९ : २३ बजे