९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

एनआरएन अमेरिकामा आइसिसि प्रतिनिधि चयनमा विवाद


Ang

१० आश्विन २०७६, शुक्रबार  

0
Shares

एनआरएन आइसिसिको ९ औ सम्मेलन नजिकिदै जाने क्रममा विश्वभरिका प्राय सबै एनसिसिहरुले अधिबेसन सम्पन्न गरि केन्द्रमा प्रतिनिधिको नामवाली पठाउन थालीसकेको छ । सेप्टेम्बरको अन्तिमसम्म हरेक देशको एनसिसिहरुको प्रतिनिधिको नामवाली केन्द्रमा पठाइसक्नु पर्नेमा एनआरएन अमेरिकामा विवादमा फसेको छ ।
एनआरएन अमेरिकामा हालै निर्वाचित अध्यक्ष सुनिल शाह नेतृत्वले कसैको सल्लाह नमानी आफुखुसी एकलौटि ढंगले प्रतिनिधि चयन गरेको भनी सवैतिर आलोचना र विरोध हुन थालेका छन । एनआरएन अमेरिकामा प्रतिनिधि चयनको बारेमा यस अघि खासै विवाद भएको थिएन । यस पटक अध्यक्ष शाहले आइसिसिको संयोजक गौरि जोशि र निवर्तमान अध्यक्ष डा केशव पौडेललाई पनि समेत वेवास्ता गरि एकलौटि ढंगले आइसिसिको विधान विपरित प्रतिनिधि छनौट गरेको बताएको छ ।

‘ एनआरएन अमेरिकाले आइसिसिको लागी छनौट गरेका नामहरु एनआरएनए आइसिसिको विधान विपरित भएकोले हामी यसलाई मान्यता दिदैनौ ‘ एनआरएन आइसिसिका संयोजक गौरि जोशिले भने-‘ आइसिसिको विधान विपरित छनौट गरेका नामहरुको छानविन गरि गठित समिति मार्फत दुईदिनभित्रमा प्रतिनिधिको नाम फाइनल गरि पठाउने छौ’ । संयोजक जोशिका अनुसार एनआरएन अमेरिकाले सार्वजनिक गरेको प्रतिनिधिहरुमा धेरै जसो एनआरएनए अभियानमा योगदाननै नदिएका र कतिपय एकै परिवार सदस्यहरु राखेकोले यो गलत भएको छ ।

जोशि र शाह टेक्सासमा बसोबास गदै आइरहेका छन । एकै ठाउमा भएपनि प्रतिनिधि चयनको बारेमा अध्यक्ष शाहले संयोजक जोशिलाई वेवास्ता गर्नुको साथै जोशिले पटक पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क नभएको जोशिले बताए । आइसिसिको प्रतिनिधि चयनको सवालमा निवर्तमान अध्यक्ष डा केशव पौडेल पनि अनभिज्ञ देखिन्छ । ‘ आइसिसिको प्रतिनिधि छनौट गरेर सार्वजनिक गरेको नामवालीको बारेमा मलाई पनि आश्चार्य लाग्यो र यसबारेमा मलाई केही पनि थाहा छैन ‘ निवर्तमान अध्यक्ष पौडेल भने-‘ प्रतिनिधि चयनको बारेमा मैले पनि अध्यक्ष शाहलाई बारम्बार सम्पर्क गर्न कोशिस गरे तर सम्पर्क हुन नसक्दा दुख लाग्यो ‘ डा पौडेले भने-‘ म सहमति, सहकार्य र नियम अनुसार सस्था चल्नु पर्छ भन्नेमा विश्वास राख्छु ‘ । निर्वाचित अध्यक्ष शाहले कार्यकाल शुरु गरेको दुई महिना नवित्दै प्रतिनिधि चयनमा एकलौटि कार्य गरि सबैको भावनामाथि चोट पुग्न गएको भन्दै विरोध गर्नेहरु बडन थालेका छन ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ८ : ५१ बजे