६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

एनआरएनएकर्मि गौरि जोशिद्धारा आइसिसि सचिव पदमा उम्मेद्धवरी


Ang

१५ आश्विन २०७६, बुधबार  

0
Shares

गैरआवासीय नेपाली संघ ( एनआएएनए) अमेरिकाज क्षेत्रको क्षेत्रिय संयोजक गौरी जोशीले आइसीसी सचिवको लागि उम्मेदवारी दिने भएको छ । एनआरएनए अमेरिकामा लामो समयदेखि सक्रिय जोशीले सस्थागत कार्य अनुभवको आधारमा यस पटक आइसीसीको सचिव पदमा उम्मेद्धवरी दिन लागेको बताए । ‘ एनआरएनए आइसिसिको अमेरिकाज क्षेत्रीय संयोजक भएर कार्य गरेको अनुभवको आधारमा अझै थप महत्वपुर्ण कार्यहरु गर्नका लागी मैले सचिव पदमा उम्मेद्धवरि दिन लागेको छु’ संयोजक जोशिले भने-‘ आरसिपछि अब सचिव भएर एनआरएनएको भिजन २०२० लाई राम्रो सग व्यवस्थित रुपमा अघि बडाई पोलिसी ईष्टिच्युट मार्फत विश्वभरिका सीप क्षमता र अनुभव भएकाहरुसंगै संस्था सन्चालनमा संयोजन गर्ने योजना बनाएको छु’ । जोशि टेक्सास निवासी सफल आइटि व्यवसायी हुन ।

‘ विभिन्न मुलुकमा रहेको गैरआवासिया नेपालीहरुको हकहित र समास्या समाधानको लागी आइसिसिमा निरन्तर लाग्न थालेको हो’ संयोजक जोशिले भने-‘ गैरआवासिया अभियानमा लाग्दै आएकोले पनि सबैतिरको साथीहरुको शुभेक्छ र सहयोगले अघि बडन मद्धत मिलेको छ ‘ जोशिले बताए ।

राजनितिक गतिविधिबाट एनआरएनए मुक्त हुनुपर्छ भन्ने सोच बोकेका जोशिले एनआरएनएमा लागेदेखिन नेपालमा हाइड्रोपावर, बैकिङ र इन्सुरेन्समा जस्ता व्यवसायहरुमा लगानी गदै आएका छन । वर्तमान एनआरएनएका अध्यक्ष भवन भट्टले आफनो कार्यकालमा सस्थामा आर्थिक अभाव झेल्नु परेको भनी सबैसग सहयोगको आग्रह गरे लगतै जोशीले १ करोड सस्थालाई सहयोग गरेका छन ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  १२ : १९ बजे