न्युयोर्क । नेवाः नखः न्युयोर्कले अक्टोबर २८ तारिखका साँझ विशेष कार्यक्रमको साथ न्युयोर्कस्थित शेर्पा किदुगको हलमा सामुहिक म्ह पुजा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेवाः समुदायका सदस्यहरु र नेपाली समुदायका विभिन्न सदस्य तथा प्रतिनिधिहरूको साथै विदेशी पाहुनाहरूको पनि उपस्थिति रहेको थियो ।
नखः द्वारा आयोजित म्ह पुजामा संस्थाका महासचिव डा. नरेशमान शाक्यद्वारा सहभागीहरूको परिचय गराउँदै सञ्चालित कार्यक्रममा अतिथि सत्कार र दर्तामा संस्थाका कोषाध्यक्ष सुजन श्रेष्ठ, निवर्तमान कोषाध्यक्ष दीपककुमार प्रधान र रवीन्द्र महर्जनले गरेका थिए ।
प्रथम उपाध्यक्ष महेन्द्रबीर बज्राचार्यले पूजामा सहाभागी सबै अतिथिलाई स्वागत गदै, नखःको बारेमा छोटो परिचय दिँदै नेपाल संबत ११४० (नयाँ वर्ष) को शुभकामना व्यक्त गरेका थिए ।
संस्थाका सल्लाहकार अजयमान छोचूंले म्हपूजा र नेपाल सम्बतको महत्वबारे जानकारी दिँदै पूजा मन्त्र विधिबाट विधि पूर्वक म्ह पूजा सम्पन्न गराएका थिए ।
नखःले सबै सहभागीहरू लाई म्ह पुजा विधि पनि बितरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि, नेपाल कन्सुलेटका महावाणिज्यदूत पुष्पराज भट्टराईले नेपाल सम्वत ११४० को क्यालेन्डर विमोचन गरी नेपाल सम्वतको महत्वबारे प्रकाश पारी सबै नेपालीको स्वास्थ, सुख र उन्नतिको शुभकामना दिए । यो नेपाल सम्वतको क्यालेन्डर नखः द्वारा अमेरिकामा चौंथो पटक प्रकाशित गरिएको थियो ।
न्यूयोर्क सिटीका मेयर बिल दे बलाजियोले नेवाः नखः न्युयोर्कलाई पठाइको शुभकामना सन्देश नखः का महासचिव डा शाक्यले पढेर सुनाएका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष विष्णुमान प्रधानले कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि, सहयोगी, स्वयमसेवी, नखःका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू र क्यालेन्डरका विज्ञापनदाताहरू सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
महिला स्वयमसेवकहरू संस्थाका सचिव संगीता छोचूं, सहकोषाध्यक्ष सालोनी वन्ता, सदस्य नम्रता प्रधान, राधिका कुमारी श्रेष्ठ, कान्तेश्वरी डंगोल, श्रुती अमात्य, अनिता बज्राचार्य, लघु शाक्य, मोहिनी कर्माचार्य, मैना बज्राचार्य, उजिला प्रधान, सबिना शाक्य, मोनालिसा बज्राचार्य, दिपा महर्जन र मधु श्रेष्ठहरूले सहभागीहरूलाई पूजा गरी सगुन वितरण गरेका थिए भने, पुरूष स्वयमसेवकहरू नखःका सदस्य महेन्द्रकुमार बज्राचार्य, गौतम कर्माचार्य, संजन प्रधान, जेनिश कर्माचार्य, मनिन्द्र कुमार बज्राचार्य, मृगेन्द्र कुमार बज्राचार्य, अनित श्रेष्ठ, सल्लाहाकार राज कुमार श्रेष्ठ, अभिशेक प्रधान र निकेश महर्जनहरूले नेपालमैं जस्तो गरी झ्वः भ्वय् (नेवाः भोज) खुवाएका थिए ।
नेवाः नखः न्यूयोर्क, नेवारी परम्परा, चाडपर्व, कला र संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि २०११ मा न्युयोर्कमा स्थापना गरिएको संस्था हो । यो संस्थाले समुदायको हितका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।