एभरेष्ट टाईम्स् /अमेरिका
टिपिएस (टेम्पररी प्रोटेक्टेड स्टाटस्) अन्तरगत अमेरिकामा रहेका नेपालीहरुले अब सन २०११ को जनवरी ४ सम्म बस्न कानूनी मान्यता पाएका छन् । अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले हालै नेपाल, होन्डुरस्, हैटी, सुडान, एलसाल्भाडोर र निकारागुवा गरी ६ देशको लागि टिपिएसको अवधिलाई २०२१ को जनवरी ४ सम्म वढाएको छ । नेपालको टिपिएस म्याद अागामी मार्च २४, २०२० मा सकिने थियो ।
टिपिसको अवधि वढाउने माग राखी क्यालिफोर्नियाको यूएस डिस्ट्रिक कोर्टमा नेपाल, एल साल्भाडोर, ग्वोटेमाला लगायतका देशको तर्फवाट अधिकारबादीले मुद्दा दायर गरेका थिए । नेपालको लागि ‘अधिकार’को पहलमा नेल्सन बिरुध्द रामोस तथा भट्टराई मुद्दा दायर गरिएको थियो ।
नेपालमा सन २०१५ मा गएको विनाशकारी भुकम्पको कारण नेपालीहरुलाई तोकिएको अवधीसम्म अमेरिकामा अस्थायी बसोबास गर्न अमेरिकी सरकारले टिपिएस प्रदान गरेको हो ।
यो अस्थायी बसोबासको ब्यवस्थालाई स्थायी मान्यता दिलाउँन ‘अधिकार’ लगायतका संघसंस्थाहरुले चर्को अावाज उठाउँदै अाएका छन् ।