काठमाडौं– नेपाल टेलिकमले सातै प्रदेशका विभिन्न सहरमा तीव्र गतिको इन्टरनेट चल्ने फोरजी सेवा सञ्चालन गरेको छ ।
टेलिकमले पूर्वको विर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्मका प्रमुख सहरमा सहुलियतमा फोरजी सिमकार्ड वितरण, परिवर्तन र स्तरोन्नतिलाई अभियानका रूपमा सञ्चालन गरेको छ ।
टेलिकमले कात्तिक २० मा विर्तामोड र २२ गते वीरगञ्जमा सिमकार्ड गरेको छ । आइतबार चितवनको भरतपुरमा वितरण गरेको छ ।
मंगलबार नेपालगञ्ज, बिहीबार सुर्खेत, शनिबार महेन्द्रनगर र मङ्सिर ४ गते पोखरामा सिमकार्ड वितरण गर्ने तयारी गरेको छ ।
टुजी वा थ्रिजी सिम भएका कम्पनीका ग्राकहरुलाई पनि २०० एमबी डाटा बोनससहित फोरजी सिम प्राप्त हुनेछ । कम्पनीले फोरजी सेवाको गत असोज १५ गते सातै प्रदेशमा एकसाथ सुरुवात गरेको थियो ।