१ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

दिल्लीमा अझै ‍‍’अति प्रदुषण’



नयाँ दिल्ली– भारतको केन्द्रीय राजधानी दिल्लीमा वायुको अवस्था अति प्रदुषित रहेको छ । सोमबारसहित लगातार पछिल्ला चार दिन दिल्लीको वायु अति प्रदुषित अवस्थामा रहेको अधिकारीहरुले जनाएका छन् ।

वायु गुणस्तर तथा मौसम पूर्वानुमान र अध्ययन विभागका अधिकारीहरुले एयर क्वालिटि इन्डेक्स (एक्युआई) ३४२ रहेको जानकारी दिएका छन् ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रधान सचिव पीके मिश्राले भिडियो सम्मेलनमार्फत् प्रदुषणको स्थितिमा दिल्ली, पंजाब र हरियाणा सरकारका सम्बन्धित अधिकारीसँग बैठक पनि गरेका थिए । बैठकले प्रदुषणको स्थितिमा लगातार निगरानी राख्ने निर्णय गरेको थियो ।

प्रदुषण न्युनीकरणका लागि विद्यालयहरु बन्द गर्ने र अघिल्लो सोमबारदेखि जोरविजोर सवारी साधन प्रणाली लागू गरिएको थियो । जोर विजोर प्रणाली यही १५ नोभेम्बरसम्म लागू हुने अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  १० : ०९ बजे