१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

अमेरिकी पूर्वराष्ट्रपति कार्टर अस्पताल भर्ना



वासिङ्टन– अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरलाई सोमबार अस्पताल भर्ना गरिएको छ ।

९५ वर्षीय पूर्व राष्ट्रपति कार्टरलाई सोमबार बेलुकातिर भर्ना गरिएको कार्टर सेन्टरले जनाएको छ । उनी अमेरिकाका पूर्वराष्ट्रपतिहरूमध्ये सबैभन्दा जेष्ठ हुन् ।

इमोरी युनिभर्सिटी अस्पतालमा लगिएका कार्टरलाई नशा फुटेर रक्तस्राव भएको चिकित्सकहरुले जनाएका छन् ।

उनी यसअघि जर्जियास्थित आफ्नै निवासमा लडेर घाइते भएपछि यही अक्टोर २२ तारिखका दिन पनि अस्पताल भर्ना भएका थिए ।

उनले सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको ३९औँ राष्ट्रपतिका रुपमा अमेरिकाको नेतृत्व गरेका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  १ : ५४ बजे