ङिङमा सम्प्रदायको चर्चित धर्म गुरु क्याब्जे ठुल्सिक रिम्पोछेको ३२ औ आवतारी ङवाङ जिग्मे थिन्ले रिम्पोछेले धर्मगुरु दलाई लामासंग धर्मशालामा दर्शनभेट गरियो । उमेरले आवतारी ङवाङ जिग्मे सानै भएपनि उहाको प्रस्तुतीले धर्म गुरु दलाई लामा निकै प्रभावित भएका थिए । क्याब्जे ठुल्सिक रिम्पोचेको ३२ औ आवतारी ङवाङ जिग्मेसग भेटन पाउदा निकै खुसी लागेको बताउदै धर्म गुरु दलाई लामाले आवतारीको रिम्पोछे ङवाङ जिग्मेलाई शिक्षामा विशेष जोड दिई उच्च शिक्षा दिलाउन सुझाव समेत दिएका थिए ।
‘ क्याब्जे ठुल्सिक रिम्पोछेको आवतारी ङवाङ जिग्मे रिम्पोछेसंगको भेटले मलाई निकै खुसी तुल्यायो’ धर्म गुरु दलाई लामाले भने—‘ अब उहाको सुखद जीवनसंगै उच्च शिक्षाको लागी हामीहरु सवैले शुभकामना सहितको प्रर्थना समेत गर्दछौ’ । भेटको अवसरमा सोलुखुम्बु जिल्लास्थित ठुल्सिक रिम्पोछेको थुप्छोलिङ गुम्बाका गुरुहरु र आवतारी लामा ङवाङ जिग्मे थिन्लेको बुबाआमाको उपस्थिति थिए ।
क्याब्जे ठुल्सिक रिम्पोचेको केही बर्ष अघि काठमाडौमा देहवसान भएको थियो । उहाको देहवसानपछि ङिङमा सम्प्रदायकै जेष्ठतम प्रमुख धर्म गुरु ढोडुप रिम्पोछेको पहलमा आवतारी खोजि कार्य गरि गत बर्ष सोलुखुम्बु बेनि गाविसास्थित ठुल्सिक रिम्पोछेकै गुम्बा थोप्तेन दोङका छोलिङ संघ ( गुम्बा)ले बुद्ध जयान्ती साकादावाका दिन आधिकारिक आवतारी घोषणा गरेको थियो । रिम्पोचेको आधिकारिक अवतार ङिङमा सम्प्रदायको जेष्ठतम प्रमुख धर्म गुरु क्याब्जे ढोडुप रिम्पाछे समक्ष आएको निवेदनको आधारमा खोजि कार्य भएको हो ।
क्याब्जे ढोङडुप रिम्पोचेले विशेष खोजि कार्य गरे अनुसार ठुल्सिक रिम्पोछेको अवतार पिता मारतिका लामाको बंशधारी लामा ङवाङ जिक्टल छोक्की वाङछुक र माता ओर्गेन डोल्माको कोखमा जन्मेको बालक भएको आधिकारिक पुष्टि गरेको थियो । अवतार पुष्टि लगतै नाबालक निर्माणकायि आवतारीलाई ढोङडुप रिम्पोचे समक्ष पुर्याएर मंगलिक पहिलो कपाल काटने ( टप्ची), दर्शन भेट र दिर्घायुको पुजा प्रर्थना गरेको थियो । थोप्तेनछोलिङ गुम्बामा करिब एक हजार भन्द बढि भिक्षु भिक्षुणीहरु छन भने लाखौ भक्तजनहरु र अनुयायीहरु छन ।
रिम्पोछेको आधिकारिक आवतारीको बारेमा प्रकाशित अघिल्लो समाचार
http://www.everesttimesnews.com/%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ac%e0%a5%8d%e0%a4%9c%e0%a5%87-%e0%a4%a0%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%b8%e0%a4%bf%e0%a4%95-%e0%a4%b0%e0%a4%bf%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a5%8b%e0%a4%9a/#sthash.tDE2Whjw.dpbs