४ असार २०८२, बुधबार | Thu Jun 19 2025

पारिवारिक भेलामा अन्धाधुन्ध गोली प्रहार, ४ को मृत्यु



लस एन्जलस— अमेरिकाको क्यालिफोर्नियामा भएको गोलीकाण्डमा कम्तीमा ४ जनाको मृत्यु भएको छ ।

लस एन्जलसदेखि ३५० किलोमिटर टाढा पर्ने फ्रेन्सोमा भएको सो घटनामा गोली लागेर अरु ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

पारिवारिक सदस्यहरु जम्मा भएको ठाउँमा एक व्यक्तिले आइतबार गोली प्रहार गरेको स्थानीय प्रहरी अधिकारीहरुले बताएका छन् । स्थानीय समय अनुसार आइतबार बेलुका ६ बजेतिर घटना भएको जनाइएको छ । घटनाको बेला घटनास्थलमा ३५ जना रहेका थिए ।

उनीहरु फुटबल हेर्नका लागि उक्त ठाउँमा भेला भएको फ्रेन्सो प्रहरीले जनाएको छ ।

प्रारम्भिक विवरण अनुसार अपरिचित व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । ती व्यक्तिको अहिलेसम्म पनि पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  २ : ४१ बजे