३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

मन्त्रिपरिषद् पुनर्गठन : केहीको जिम्मेवारी हेरफेर, ६ मन्त्री हटाइए, यी भए नयाँ मन्त्री [सूचीसहित]


४ मंसिर २०७६, बुधबार  

0
Shares

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

नयाँ मन्त्रीहरूलाई भोलि राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनियताको शपथ गराउनेछन् । आज अबेर मन्त्री नियुक्त गरिएकाले शपथको समय भने तय भएको छैन ।

छ जना मन्त्री हटाइए, छ अनुहार नयाँ थपिए

प्रधानमन्त्री ओलीको क्याबिनेटबाट ६ मन्त्री र एक राज्यमन्त्री आउट भएका छन् । आउट हुनेमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपणि खनाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मत्रिका यादव, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र महिला, बालबालिका तथा ज्येष्‍ठ नागरिक थाममाया थापा रहेका छन् ।

लालबाबुको ठाउँमा हृदयश त्रिपाठी, चक्रपाणिको ठाउँमा घनश्याम भुसाल, मात्रिकाको स्थानमा लेखराज भट्ट, गोकर्णको ठाउँमा रामेश्वर राय यादव, रघुवीरको ठाउँमा वसन्तकुमार नेम्बाङ र थाममायाको ठाउँमा पार्वत गुरुङ इन्ट्री भएका छन् ।

तीन राज्यमन्त्री आउटतीन राज्यमन्त्री आउट

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन धनबहादुर बुढा, कृषि तथा पशुपंक्षी विकास रामकुमारी चौधरी र स्वास्थ्य तथा जनसंख्या डा. सुरेन्द्रकुमार यादव आउट भएका छन् ।

नयाँ तीन राज्यमन्त्री पनि थपिएका छन् । जसमा उद्योगमा मोतीलाल दुगड, स्वास्थयमा नवराज रावत र सहरी विकासमा रामवीर मानन्धर रहेका छन् ।

दुई मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ । जसमा भानुभक्त ढकालले सम्हाल्दै आएको मन्त्रालय कानुन उपप्रधानमन्त्री उपेन्द्र यादवको भागमा परेको छ। ढकाल स्वास्थ्य मन्त्रालयमा सरुवा भएका छन् ।

नयाँ मन्त्रिमण्डलको सूची यस्तो छ 

 

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १० : ०१ बजे