३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

न्युजिल्याण्डमा ५.९ म्याग्नीच्युडको भूकम्प, हजारौ विस्थापित



विलिङटन– न्युजिल्याण्डमा आइतबार बिहान ५.९ म्याग्नीच्युडको भूकम्प गएको छ । देशको उत्तरी क्षेत्रमा आएको भूकम्पपछि हजारौं व्यक्ति विस्थापित भएका छन् ।

स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार भूकम्पपछि आइतबार दिउँसोसम्म ५ हजार बढी विस्थापित भएका छन् । भूकम्पका कारण मृत्यु र अन्य क्षतिको विवरण प्राप्त भइनसकेको अधिकारीहरुले जनाएका छन् ।

स्थानीय समयानुसार आइतबार बिहान ५.३४ बजेतिर भूकम्प आएको हो । भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी गरेको बताइएको छ ।

सुरुमा ५.३ म्याग्नीच्युड र त्यसपछि सबेभन्दा ठूलो ५.९ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीहरुले बताएका छन् । उक्त भूकम्पको केन्द्रविन्दु समुन्द्रको १ सय १५ किलोमिटर तल रहेको जनाइएको छ ।

 

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  १ : ०५ बजे