९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

१३ औं दक्षिण एसियाली खेलकुदका लागि विदेशी टिम आउन थाले



काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि विदेशी टिम आउन थालेका छन् ।

मंसिर १५ देखि २४ सम्म १३ औं साग काठमाडौं, पोखरा र जनकपुरमा सञ्चालन हुँदै छ। सागमा २६ खेल समावेश गरिएका छन् । खेलमा दक्षिण एसियाका ७ देशका ३ हजार बढी खेलाडीले ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

माल्दिभ्सका सात खेलाडी, तीन प्रशिक्षक र एक व्यवस्थापक बुधबार नै काठमाडौं आइपुगेका हुन् । १९ खेलाडीसहितको २५ सदस्यीय बंगलादेशी पौडी टिम पनि मंसिर १ मै नेपाल आइपुगेको छ।

सागअन्तर्गत पौडी सातदोबाटोस्थित निर्माण भइरहेको वातानुकूलित पोखरीमा मंसिर १९ देखि २३ सम्म तथा एथलेटिक्स दशरथ रंगशालामा मंसिर १७ देखि २१ सम्म आयोजना हुनेछ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  २ : ३२ बजे