३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

वल्ड नेपाली म्युजिक अर्वाड सम्पन्न । उत्कृष्ठ गीतकारको उपाधी ङिमा पाख्रिनलाई


Ang

८ मंसिर २०७६, आइतबार  

0
Shares


अमेरिकाको न्युयोर्कमा पहिलो पटक सम्पन्न वल्ड नेपाली म्युजिक अर्वाड कार्यक्रममा उत्कृष्ठ गीतकारको उपाधी एभरेष्ट टाईम्सको सम्पादक ङिमा पाख्रिनले पाएका छन । लामो समयदेखिन गीत संगीत क्षेत्रमा लाग्दै आएका गीतकार पाख्रिनको ‘ जिन्दागीको गोरेटो ‘गीतले उक्त पुरस्कार जितेका हुन । नेपाली गीत संगीत क्षेत्रलाई संरक्षण गरौ अन्तराष्ट्रिय स्तरमा प्रर्वद्धन गरौ भन्ने उद्धेस्यका साथ गत जुन महिनादेखि हुदै आएको यो छनौट कार्य अन्र्तगत गीतकार पाख्रिनको यो गीत दर्शक र श्रोताको मुल्याङकन र छनौटमा उत्कृष्ट तीनभित्र परेका थिए ।

उनले यस अघि आधा दर्जन बढि गीतहरु लेखिसकेका छन । न्युर्योकको लगौडिया प्लजामा शनिबार वेलुकी सम्पन्न वल्ड नेपाली म्युजिक अर्वाड कार्यक्रम अमेरिकाको लागी नेपाली राजदूत डा अर्जुन कार्कि र धर्म गुरु रिम्पोचे छेस्याल रिम्पोचेले संयुक्त रुपमा बत्ति बालेर गरेका थिए । कार्यक्रममा चर्चित कलाकारहरु सत्यकला राई, अन्जु पन्त, यम बराल, शिव परियार, मिङमा शेर्पा आदीले गीत प्रस्तुत गरेका थिए भने पार्वती राई र यसोधा खालिङ राईले नृत्य प्रस्तुत गरेका थिए ।

वल्ड नेपाली म्युजिक अवार्डको उत्कृष्ठमा को को परे ।

गीतकार तर्फ ङिमा पाख्रिनको ‘ जीवनको गोरेटो’ गीत
राष्ट्रिय गीत तर्फ गायिका सत्यकला राईको ‘ नसोध को तराइबासी’ बोलको गीत
पप गीत तर्फ गायक प्रमोद पोखरेलको ‘फर्की आउछु’ बोलको गीत
चलचित्र तर्फ गीत गायिका अन्जु पन्तको ‘ भिजिट भिषाले’
आधुनिक गीत महिलाबाट गायिका यसोधा खालिङ राईको ‘मायामा’
आधुनिक गीत पुरुष तर्फ सिडि विजया अधिकारीको
लोक तथा सेलो तर्फ रेस्मा बम्जन
लोपउन्मुख गीत तर्फ युवराज मगरको ‘मायाली’
म्युजिक एरेन्जर तर्फ पाविधन राईको ‘ नौ लाख किराती’
म्युजिक कम्पोजर तर्फ सुनिल मास्केको ‘ धनले होइन मनले’
लोक दोहोरी गीतको पुरुष गायन तर्फ गायक सन्दीप न्यौपानेको ‘ लालुमाई’
लोकदोहोरी गीतको महिला गायन तर्फ गायिका शर्मिला श्रेष्ठको ‘ पुजा नगर मलाई ’
आधुनिक तथा पप गीतको महिला मोडल तर्फ रितु तामाङको ‘म त यस्तै’
आधुनिक तथा पप गीतको पुरुष मोडल तर्फ सरज गराचको ‘किन पल पल ’
म्युजिक भिडियो निर्देशन तर्फ सौरव न्यौपानेको ‘तिम्रो रुपले’
लोक दोहोरी गीतको पुरुष मोडल तर्फ लोमेस शर्माको ‘ मायाको झण्डा फरार’
लोक दोहोरी गीतको महिला मोडल तर्फ अन्जु निरौलाको ‘ मायाको झण्डा फरार’

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ११ : ४९ बजे