प्रधानमन्त्रीको चौथोपटक डायलाइसिस गरियो

२०७६ मंसिर ९, सोमबार १०:१८

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार साँझ चौथोपटक हेमोडायलाइसिस गरिएको छ ।

नौ दिनअघि तेस्रोपटक डायलसिस गरिएको थियो । ग्रान्डी अस्पतालमा २६ दिनअघि उनको पहिलोपटक डायलाइसिस गरिएको थियो । रगतमा भएको क्रियाटिनिनको स्तर नियन्त्रण गर्न डायलाइसिस गरिएको हो ।

गत साउनदेखि मिर्गौला सम्बन्धी समस्याले प्रधानमन्त्री ओली चिकित्सकीय परीक्षण र उपचारमा छन् ।

सन् २००७ मा दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा उनको मिर्गौला प्रत्यारोपण भएको थियो ।

सम्बन्धित समाचार