३० जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख



काठमाडौं— एपेन्डिसाइटिसको शल्यक्रिया गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार भइरहेको छ ।

प्रधानमन्त्री ओली उपचाररत महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले बुधबार बिहान साढे १० बजे जारी गरेको प्रेस विज्ञप्तिमा ओलीको स्वास्थ्यमा सुधार देखिएको र राम्रोसँग कुरा गर्न सक्ने अवस्था भएको जनाइएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान अस्पताल लगिएको थियो। दिउँसो उनको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।

शल्यक्रियापछि अस्पतालले मंगलबार दिउँसो र साँझ गरी दुई पटक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य स्थिति स्थिर रहेको र सघन कक्षमा उपचार भइरहेको उल्लेख थियो।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १० : २५ बजे