४ असार २०८२, बुधबार | Thu Jun 19 2025

माल्दिभ्सका पूर्व राष्ट्रपति यामीनलाई ५ वर्ष जेल, ५० लाख डलर जरिवाना



काठमाडाैं– माल्दिभ्सका पूर्व राष्ट्रपति अब्दुल्ला यामीनलाई माल्दिभ्सको एक अदालतले ५० लाख डलर जरिवाना र ५ वर्ष जेल सजाय सुनाएको छ ।

बिहीबार साँझ यामीनलाई ५० लाख अमेरिकी डलर बराबरको जरिवाना र ५ वर्ष जेल सजाय सुनाइएको माल्दिभ्सका सञ्चार माध्यमले जनाएका छन् ।

माल्दिभ्स फौजदारी अदालतका न्यायाधीश अलि रशिदको नेतृत्वमा रहेको ५ जना न्यायाधीशको इजलासले उक्त फैसला गरेको हो ।

होटलको विकासका लागि विभिन्न टापुहरू भाडामा लिने सम्झौता गर्दा निजी कम्पनीमार्फत यामीनले १ लाख अमेरिकी डलर सरकारी रकम प्राप्त गरेको भन्दै दोषी ठहर गरिएको हो । यामीनले रकम लिएको अस्वीकार गरेका छन् ।

माल्दिभ्स प्रहरी सेवालाई दिएको बयानपछि अभियोजकको कार्यालयले भूतपूर्व राष्ट्रपतिलाई फौजदारी आरोप लगाएको थियो । उनीमाथि भ्रष्टाचार गरेको आरोप लगाई अनुसन्धानलाई भ्रमित पार्न गलत बयान दिएको आरोप लगाइएको छ ।

यामीनका समर्थकहरू बिहीबार साँझ अदालतको घेरा हालेर मुद्दाको विरोध गर्दै भेला भएका र यामीनको रिहाइको लागि नारा लगाएका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १ : २२ बजे