नेपाल आदिबासी जनजाति महासंघ अमेरिका ( फिफना ) को सातौ अधिवेशन नजिकिदै गर्दा नेतृत्वको लागी उम्मेद्धवरीको चर्चा शुरु हुन थालेका छन । यसै क्रममा फिफनाका बरिष्ठ उपाध्याक्ष राजकुमार विष्टले यस पटकको अधिबेसनमा अध्यक्ष पदमा उम्मेद्धवरी दिने भएको छ । आगामी डिसेम्बर १५ तारिख न्युयोर्कको ज्याक्सनहाइटस्थित सत्यनारायण मन्दिरमा हुन लागेको फिफनाको निर्वाचनमा अध्यक्ष पदमा उम्मेद्धवरी दिन लागेको बरिष्ठ उपाध्याक्ष विष्टले बताए ।
‘ आदीवासी जनजातीको हितमा लाग्दै आउने क्रममा सस्थाको लक्ष्य र उद्धेस्य प्राप्तिको लागी यस पटक मैले अध्यक्ष पदमा उम्मेद्धवरी दिन लागेको छु’ विष्टले एभरेष्टटाइम्सलाई भने-‘ म जनजातिहरुको लागि काम गर्ने एक स्वतन्त्र उमेद्वार हु, कुनै पनि राजनितिक रंग लागेको छैन । कुनै राजनितिक रंग बोकेर फिप्नालाई शिविर क्याम्प बनाउने मेरो चाहना नभएकोले स्वतन्त्र ढंगबाट उम्मेद्धवरी दिन लागेकेा छु ‘ उनले बताए ।
मुस्ताङ किदुग अमेरिकाको निवर्तमान अध्यक्ष समेत रहेका बिष्ट फिफनाको केन्दि्रय समितिमा स्वंयम सेवकदेखि कोषाध्यक्ष हुदै, बरिष्ठ उपाध्यक्ष पदमा रहेर चार बर्ष कार्य गरेको जनाएको छ । उनले महासंघको निर्वाचनमा अध्यक्ष पदमा उम्मेद्धवरीसंगै विभिन्न योजनाहरु लिएर अघि बडेको बताएका छन ।
फिफनाको नेतृत्वमा पुगेर नेपालको संविधानमा परिमार्जन गर्दै आदीवासीको कुरा थप्न पहल गर्ने, – आदिबासी जनजातिहरुको मुख्य मुद्दामा केन्द्रित हुने, महासंघको आर्थिक पक्ष बलियो बनाउने, संगठन बिस्तार र सांगठानिक सशक्तिकरण गराउन, प्रेन्ड्स अफ फिप्नाको अभियान संचालन गर्ने, काउन्सिल अफ ट्रष्टिजमको गठनको निम्ति कार्ययोजना सहित अभियान संचालन गर्ने। अमेरिकी मुलधारमा प्रवेश गर्ने नेपाली राजनितिकर्मी तथा संघसंगठनलाई अगाडि बढाउने र मातृभुमिको सर्वोपरी हितका कार्यमा स्थानिय तह तथा नेपाली ड्यासपोरासग सहकार्य गरेर अगाडि बढ्ने रहेको छ ।
फिफनाकै अधिबेसनमा किरात याक्थुङ चुम्लुङबाट संघीय समाजवादी पाटी अमेरिकाको महासचिव लोक चेम्जोङले र ग्याल्सुम्दा सेवा सस्थाका निवर्तमान अध्यक्ष तथा फिफनाका उपाध्याक्ष छिरिङ राप्के लामाले पनि अध्यक्ष पदमा उम्मेद्धवरी दिने चर्चा हुन थालेका छन ।