२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

महिला भलिबल फाइनल नेपाल र भारत वीच प्रतिष्प्रर्धा हुने


Ang

१५ मंसिर २०७६, आइतबार  

0
Shares

१३ औ दक्षिण एसियाली खेलकुद ( साग) अन्तगर्तको महिला भलिबल खेलमा नेपालले दोस्रो सेमीफाइनलमा श्रीलङ्कालाई ३-० ले पराजित गर्दै फाइनलमा पुगेको छ । महिला भलिबलमा नेपालको यो अहिलेसम्मकै उच्च प्रदर्शन हो । राष्ट्रिय खेलकुद परिषद ( राखेप) परिसर त्रिपुरेश्वरको कभर्ड हलमा शनिबार राति सम्पन्न खेलमा नेपालले श्रीलङ्कामाथि २५-१४, २५-१८ र २५-२१ अंकले जित हात पारेको हो । अब नेपालले स्वर्ण पदकका लागि भारतसंग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि दक्षिण एसियाली खेलकुद सागमा नेपालले तीन पटक कास्य पदक जितेको थियो । सन् १९९९, २००६ र २०१६ मा नेपालले जितेको कास्य पदकनै महिला भलिबलमा उत्कृष्ट प्रदर्शन थियो । तेस्रो स्थानको लागि माल्दिभ्सले सोमबार श्रीलङ्कासग प्रतिष्प्रर्धा गर्ने भएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ४ : ०२ बजे