४ असार २०८२, बुधबार | Thu Jun 19 2025

धरान उपमहानगरमा कांग्रेसका तिलक राई विजयी



धरान– सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई विजयी भएका छन् ।

उनले नेकपाका प्रकाश राईलाई २ हजार ७ सय ९५ मत हराएका हुन्। तिलकले २६ हजार ७ सय ९ मत पाएका छन् । प्रकाशले २३ हजार ९ सय १४ मत ल्याएका छन्।

कांग्रेसले २०४८ यता पहिलो पटक धरान उपमहानगरको नेतृत्व पाएको छ। २८ वर्षसम्म धरान कम्युनिष्टको किल्लाको रूपमा थियो।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  १२ : २३ बजे