६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

अन्जली चन्दको ऐतिहासिक रेकर्ड, शून्य रनमा ६ विकेट लिइन्



पोखरा–  नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि–२० क्रिेकेटमा नेपालले माल्दिभ्सविरुद्ध शान्दार जीत दर्ता गराएको छ।

नेपालले माल्दिभ्सलाई १६ रनमा अल आउट गरको हो।

माल्दिभ्सलाई अल आउट गर्न नेपालले १० ओभारको सहारा लिएको थियो। खेलमा नेपालीकी अन्जली चन्दले ६ विकेट लिएपछि माल्दिभ्स धरासायी बनेको हो। २ दशमलव १ ओभर बलिङ गरेकी चन्दले विना रन ६ विकेट लिएकी हुन्।

साग खेलकूदमा उनले बनाएको यो नयाँ तथा ऐतिहासिक रेकर्ड हो। त्यस्तै सीताराना मागर २ र रुविना क्षेत्रीले १ विकेट लिएकी थिइन्।

नेपालले पहिलो ओभर मै १७ रनको लक्ष्य भेट्टाएको थियो। व्याटिङमा आएकी काजल श्रेष्ठले पहिलो ओभरमा नै १७ रन बनाएकी हुन्।

लिग राउन्डरोविनका आधारमा हुने खेलमा नेपाल अब बुधबार बंगलादेशसँग भिड्ने छ। प्रतियोगितामा ५ देश सहभागि छन्।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  १ : ३२ बजे