१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

अमेरिकी पूर्व राष्ट्रपति कार्टर अस्पताल भर्ना



वासिङटन– अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर पिसाब नलीमा आएको समस्याका कारण उपचारका लागि अस्पताल भर्ना भएका छन् ।

९५ वर्षीय उनलाई जर्जिया राज्यको फोब मेडिकल सेन्टरमा उपचारका लागि भर्ना गरिएको हो ।

अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य र सुधारोन्मुख रहेको छ । उनी केही दिनमै अस्पतालबाट डिस्चार्ज हुने पनि अस्पतालले जनाएको छ ।

गत नोभेम्बरमा पनि कार्टरको मस्तिष्क श्राव भएको भन्दै शल्यक्रिया गरिएको थियो । उनी अमेरिकाका ३९औं राष्ट्रपति हुन् । उनको कार्यकालमा ४० वर्षअघि अमेरिका र चीनबीचको कुटनीतिक सम्बन्ध सुधार भएको थियो ।

 

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  १२ : ४६ बजे