२६ भाद्र २०८१, बुधबार | Wed Sep 11 2024

कांग्रेस केन्द्रीय समिति बैठक मंसिर २६ मा, होला त महाधिवेशन बारे छलफल ?



काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २६ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा दिउँसो १ बजे बस्ने बैठकमा हालै सम्पन्न उपचुनावको समिक्षा, पार्टीको सांगठनिक गतिविधि लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु सहभागी हुने छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवासहित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको चार वर्षको कार्यकाल फागुन मसान्तबाट सकिँदै छ। कार्यकाल सकिन लागे पनि कांग्रेसले १४ औं महाधिवेशनको तालिका अहिलेसम्म बनाउन सकेको छैन।

विधानमा महाधिवेशन गर्न नसकेको ‘विशेष कारण’ देखाएर एक वर्ष कार्यकाल बढाउन सकिने व्यवस्था छ। त्यसबाहेक थप ६ महिना बढाउन सकिने सुविधा संविधानले दिएको छ।

सभापति देउवाको विधानअनुसार एक वर्ष कार्यकाल बढाएर ०७७ फागुनसम्ममा महाधिवेशन गर्ने योजना छ। यो योजना उनले केही समयअघि पार्टी केन्द्रीय कार्यसमिति बैठकमा सुनाइसकेका छन्।

चाँडै महाधिवेशन तयारी थाल्न निरन्तर दबाब दिँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय नेताहरू भने नेतृत्वको ढिलासुस्तीबाट सशंकित छन्। नेतृत्वमा दोहोरिन सभापति देउवाले पार्टी संरचनाहरू आफूअनुकूल बनाएपछि मात्र महाधिवेशन गराउन खोजेको पौडेल पक्षको बुझाइ छ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहिबार  २ : २१ बजे