३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

तेह्रौँ साग : ५८ स्वर्णसहित भारत अग्र स्थानमा, नेपाल दोस्रो



काठमाडौं– तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा भारत पदक तालिकाको अग्र स्थानमा उक्लिएको छ ।

नेपाल दोस्रो स्थानमा छ । भारतले आजसम्म ५८ स्वर्ण, ४१ रजत र १९ कास्यसहित कूल ११८ पदक जितेको छ ।

नेपालले ३६ स्वर्ण, २६ रजत र ३४ कास्यसहित कूल ९६ पदक प्राप्त गरेको छ ।

यस्तै श्रीलङ्का १६ स्वर्ण, ३१ रजत र ५२ कास्यसहित तेस्रो, पाकिस्तान १२ स्वर्ण, २१ रजत र २२ कास्यसहित चौथो, बङ्गलादेश चार स्वर्ण, १० रजत र ४० कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भुटान छ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।

नेपालले बिहीबार साइक्लिङ, भारोत्तोलन, पौडी, तेक्वान्दो र उसुमा गरी थप सात स्वर्ण पदक जितेको हो ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहिबार  ८ : ४२ बजे