११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन



काठमाडौ‌ं– चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको आइतबार राति हृदयाघातका कारण निधन भएको छ ।

उनी ५२ वर्षको थिए । वैवाहिक कार्यक्रमबाट निवास फर्कंदै गर्दा बाटोमा बेहोस भएका उनलाई उपचारार्थ ओम अस्पताल लगिएकामा राति निधन भएको हो । उनको अहिले महाराजगञ्जस्थित त्रिभूवन विश्वविद्यालय, शिक्षण अस्पतालमा शव परीक्षण भइरहेको छ।

उनी चलचित्रका निर्देशक साथै जनपक्षीय चलचित्रकर्मी मञ्चका पूर्वअध्यक्षसमेत थिए । उनका श्रीमती र एक छोरा रहेका छन् । उनको आजै अन्त्येष्टि गरिनेछ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  १० : ११ बजे