३० जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025

न्युयोर्कमा कागज नभएकोले पनि ड्राइभिङ लाइसेन्स लिन पाइने


Ang

२ पुस २०७६, बुधबार  

0
Shares

न्युयोर्कमा अबदेखि कागजपत्र नहुनेले सवारी अनुमति ( ड्राइभिङ लाइसेन्स ) पाउने भएको छ । करिब दुई दशकको प्रतिक्षापछि कागजपत्र नहुनेहरुले यो सुविधा पाएको हो । न्युयोर्कमा यस अघि लाइसेन्स लिनका लागी सोसल सेक्युरिटि कार्ड अनिवार्य हुनु पर्ने थियो । तर अबको नियम अनुसार परिचय खुल्ने गरि ६ प्वाइन्ट पुर्‍याएमा लाइसेन्स लिन सकिने भएको छ ।

न्युयोर्क इमिग्रेसन कोइलेसनको अगुवाईमा धेरै अप्रावासी सस्थाहरुको सक्रियतामा कागजपत्र विहिनले लाइसेन्स पाउनु पर्छ भनी गरेको गि्रन लाइट क्याम्पियनकै कारण सरकारले यो नियम पास गरेको हो । अब लाइसेन्स लिनका लागी सोसाल सेक्युरिटि विना आफुसग भएको कागजतहरु ६ प्वाइन्ट बुझाएपछि लाइसेन्स लिन सकिने भएको छ । यी प्वाइन्टहरु आफनै देशको म्याद नसकिएको पासपोर्ट, सवारी चालक अनुमति पत्र लाइसेन्स, विद्यालयको परिचयपत्र, आइडिएनवाइसि, बत्तिको विल, क्रेडिटकार्डकेा विल, हेल्थ इन्सुरेन्स आदी समावेस गरेर लाइसेन्स लिन सकिने भएको छ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ७ : ३६ बजे