काठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान भेट भएको हो। प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतासँग समसामयिक विषयमा भेटवार्ता गरेको जनाइएको छ ।
केन्द्रीय सदस्य रमेश लेखकलाई लिएर सभापति देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।









