कांग्रेस केन्द्रिय समिति बैठक स्थगित, १० गते फेरि बस्‍ने

२०७६ पुष ४, शुक्रबार १४:३६

काठमाडौं– शुक्रबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसँग सहमति जुट्न नसकेका कारण बैठक नबसेरै स्थगित गरिएको हो ।

शुक्रबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको थियो । अर्को बैठक पुस १० गते बस्‍ने भएको छ ।

यसअघि सभापति शेरबहादुर देउवाले बुधबार पौडेल समूहले वार्ताका लागि गठन गरेको कार्यदलका सदस्य प्रकाशमान सिंह र तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौलाको आग्रहमा केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेका थिए ।

गत सोमबार बोलाइएको बैठक पनि नेता सिटौलाले सभापति देउवालाई सहमतिको प्रयास जारी राख्नुपर्ने बताएपछि बुधबारसम्मका लागि स्थगित भएको थियो ।

त्यसअघि पौडेल समूहले मंसिर २६ गते र मंसिर २९ गते केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेको थियो ।

के छ विवाद : यो पढ्नुहाेस्

http://www.everesttimesnews.com/congress-9/

 

सम्बन्धित समाचार