२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

न्युयोर्कमा चक्कु प्रहारबाट पाँच जना घाइते



एजेन्सी– अमेरिकाको न्युयोर्कस्थित एक घरमा भएको चक्कु प्रहारमा पाँच जना घाइते भएका छन्।

यहुदी धर्मालम्बीको प्रार्थनाघर नजिकै ‘हासिडिक रब्बी’ जातका मानिस बस्ने घरमा शनिबार राति चक्कु प्रहार भएको थियो। आक्रमणकारी चक्कु हानेर भागेका थिए।

यहुदीको हनुक्का पर्व मनाउन दर्जनौं मानिस घरमा भेला भएका थिए। एक घाइतेले आक्रमणकारीले छ पटकसम्म चक्कु घोपेको समाचारहरुमा जनाइएको छ ।

गम्भीर अवस्थामा रहेका उनीहरूलाई नजिकैको अस्पतालमा लगिएको छ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  १२ : ४२ बजे