७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

मुख्य पर्यटकीय स्थलमा छुट्टै विदेशी मुद्रा सटही काउन्टर खोल्न छुट



काठमाडौं– नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीका लागि बैंक तथा वित्तीय संस्थालाई छुट्टै काउन्टर खोल्न दिने ब्यवस्था गरेको छ।

राष्ट्र बैंकले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै प्रमुख पर्यटकीय स्थलहरूमा काउन्टर खोल्न दिने ब्यवस्था गरेको हो। राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै काउन्टरमा सहजीकरण गरिदिएको हो।

राष्ट्र बैंकले अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात र बैंक दरलाई यथावत राखेको छ। यसैगरी बैंकिङ क्षेत्रको तरलता ब्यवस्थापनलाई प्रभावकारी बनाउन अन्तर निकाय समन्वयमा जोड दिने भएको छ।

मुलुकभित्र रोजगारी सृजना र उद्यमशीलता विकासका माध्यमबाट आन्तरिक उत्पादन अभिबृद्धि गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्न थप प्रोत्साहित गर्ने नीति राष्ट्र बैंकले लिएको छ।

यसैगरी ७ सय ५३ मध्ये बैंकको शाखा नपुगेका स्थानमा शाखा खोल्ने नीति पनि राष्ट्र बैंकको छ। अरू १२ स्थानीय तहमा शाखा खोल्न बाँकी छ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  १२ : ५७ बजे