६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

सैलुङमा रिक ग्लान र निरञ्जली लामाको यस्तो रोमान्स [भिडियो]


१८ पुस २०७६, शुक्रबार  

0
Shares

रिक ग्लान तामाङ अभिनित पछिल्लो म्युजिक भिडियो बुधबार सार्वजनिक भएको छ । एदा म्हाङरी … बोलको गीत सञ्चारकर्मी विवेक लोप्चनले लेखेका हुन् । यसमा संगीतकार निरोज लामाले स्वर, एरेन्ज र संगीत भर्ने काम गरेका छन् । उनलाई गायिका जितु लोप्चनले साथ दिएकी छिन् ।

सुगम संगीतको लयमा आएको उक्त गीतको दृश्यमा रिकलाई निरञ्जली लामाले साथ दिएकी छिन् । सैलुङ डाँडाका सुन्दर दृश्य विभिन्न एङ्गलले भिडियोमा कैद भएको छ । उक्त दृश्यलाई बासु न्यौपानेले ड्रोन र क्यामेरामा कैद गरेका हुन् । दिपक तामाङले भिडियो सम्पादन गरेका हुन् भने स्वयं सम्पादक र नृत्य निर्देशक बुद्ध लामाले संयुक्त निर्देशन गरेका छन् ।

गीतमा सपनाको कुरा गरेका छन् । रिकले निरञ्जलीलाई कतै तिमीले सम्झेर सपनामा देखेको भनेर सुनाउँछन् । यसैगरी सँगसँगै जिउने कहिल्यै नछुट्टिने मायालु भनेर देखाइएको छ । निरञ्जलीले पनि सँगै हुँदा बेहद खुशी हुने गरेको व्यक्त गरेकी छिन् । बाटोमा हिड्ने क्रममा रिकले एउटा झुम्का भेटेर कल्पना गर्दागर्दै सपनामा सम्म देख्न पुगेको देखाइएको हो ।

नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिका वडा ४ निवासी मोडल रिकले यसअघि आमाको कोखमा, गाउँकी माइच्याङ, सँगै जिउँछु र उकाली बाटो बोलको गीतमा अभिनय गरिसकेका छन् ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ७ : ४९ बजे