१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

नेकपा केन्द्रीय कमिटि बैठक माघ १५ मा सर्‌यो



काठमाडाैं– बुधबारका लागि बोलाइएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटि बैठक सरेको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक सार्ने निर्णय गरेको हो।

पुस २३ गतेदेखि बस्ने भनिएको केन्द्रीय कमिटि बैठक अब माघ १५ गते हुने भएको छ।

सभामुख चयन, राष्ट्रियसभा चुनाव लगायतका कारण सचिवालयले बैठक सार्ने निर्यण गरेको जनाइएको छ । पुष २७ मा प्रतिनिधि सभा बैठक बोलाइएको छ भने राष्ट्रिय सभा निर्वाचन माघ ९ गते हुँदैछ ।

गत मंसिर २९ देखि ६ पुससम्म बसेको स्थायी समिति बैठकले पार्टी एकतापछिको पहिलो केन्द्रीय कमिटि बैठक पुस २३ गते बोलाएको थियो ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  १२ : ३१ बजे