३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

काठमाडाैंबाट पक्राउ परेका १२२ चिनियाँ एक/एक हजार तिरेर छुटे



काठमाडौँ — काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ परेका १२२ जना चिनियाँ जिल्ला प्रशासन कार्यालयमा एक/एक हजार जरिवाना तिरेर थुनामुक्त भएका छन्।

आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले अभद्र व्यवहार गरेको कसुरमा उनीविरूद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमार्फत जिल्ला प्रशासन कार्यालयमा पेश गरेको थियो।

उक्त कसुरमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जनही एक हजार रूपैयाँ जरिवाना हुने फैसला गरेका थिए।

तर चिनियाँहरुलाई अध्यागमन कानुन उल्लंघन गरेको कसुरमा देशबाट निष्कासनका लागि पुनः हिरासतमा लिइएको छ।

उनीहरुलाई सोमबार अध्यागमन विभागको जिम्मा लागाइने छ। पुस ७ गते मनैमैजु, बाँसबारी र बुढानिलकण्ठका १० वटा घरमा छापा मारेर प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  १ : १२ बजे