फेरि देशैभर वर्षा र हिमपातको सम्भावना

२०७६ पुष २१, सोमबार १३:०९

काठमाडौं- पश्चिमी वायुको प्रभावले मौसममा फेरि बदली आउने भएको छ। मौसम विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार पश्चिमी र पूर्वी भू-भागमा आंशिकदेखि सामान्य र मध्य भूभागमा आंशिक बदली रहनेछ।

पश्चिम र पूर्वका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यतिखेर भने देशका पश्चिमी र पूर्वी पहाडी भू-भागहरुमा मौसममा आंशिक बदली मात्र रहेको र बाँकी क्षेत्रको मौसम सफा रहेको महाशाखाले जनाएको छ।

यसको प्रभाव बढेर मंगलबार पश्चिम, मध्य र पूर्वी हिमाली भेगमा वर्षा हुने तथा उच्च पहाडी भेगमा हिमपात हुनेछ।

तीन दिनको मौसम पूर्वानुमान यस्तो छ

पौष २१ गते (सोमबार)

दिउँसोः देशको पश्चिमी र पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि मध्य भू-भागमा आंशिक बदली रहनेछ। पश्चिम र पूर्वका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना छ।

रातिः देशभर सामान्य बदली रहि पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वी भू-भागका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावना छ। देशको पश्चिम र मध्यका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

पौष २२ गते (मंगलबार)

दिउँसोः देशको पश्चिमी र मध्य भू-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिम र मध्यका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ भने पूर्वी भू-भागमा आंशिक बदली रहने छ। देशका पश्चिमी र मध्यका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिः देशको पश्चिमी भू-भाग, मध्य र पुर्वका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा हल्का बर्षाको सम्भावना छ भने मध्य र पूर्वी पहाडी भू-भागका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

पौष २३ गते (बुधबार)

दिउँसोः देशभर सामान्य बदली रही पश्चिमका केही स्थान, मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम खालको हिमपात हुने सम्भावना रहेको छ।

सम्बन्धित समाचार