काठमाडौँ— इराक अमेरिका तनाव बढेपछि त्यहाँ कार्यरत अन्य देशका कामदार फर्काउन थालिएको छ ।
राजधानी बग्दादस्थित अमेरिकी बेस क्याम्पमा रहेका नेपालीसहित विदेशी कामदारलाई आफ्नो देश फर्काउन थालिएको छ । उक्त क्याम्प सुरक्षाका हिसाबले उच्च जोखिममा पर्छ । क्याम्पभित्र करिब दुई सय नेपाली कार्यरत छन् ।
इरान र अमेरिकाबीच तनाव चुलिएपछि बग्दादस्थित अमेरिकी सेनाका लागि सहयोगीको काम गरिरहेका कम्पनीले आवश्यक कामदार राखेर बाँकीलाई आइतबारदेखि पठाउन थालेका हुन् ।
आइतबार र सोमबार फर्काइएको टोलीमा नेपाली सात जना छन् । क्याम्पभित्र नेपालीहरू खाना बनाउने, सरसफाइ गर्ने र निर्माण कार्यमा संलग्न छन् ।