६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

राष्ट्रियसभा सदस्य उम्मेदवारको अन्तिम नामावली आज



काठमाडाैं– आगामी माघ ९ गते सम्पन्न हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारको अन्तिम नामावली शुक्रबार प्रकाशित गरिँदैछ ।

निर्वाचन कार्यतालिका अनुसार बिहीबार मनोनयनपत्र दर्ता गराएका उम्मेदवारले नाम फिर्ता लिने समय थियो । बिहीबार उम्मेदवारी फिर्ता लिने समयसम्म मनोनयनपत्र दर्ता गरेका कुनै पनि उम्मेदवारले नाम फिर्ता नलिएको निर्वाचन आयोगले जनाएको छ ।

शुक्रबार बिहान १० बजे देखि दिउँसो १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिनको १ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यको पदावधि छ वर्षको हुन्छ । संविधानको धारा ८६ (३) बमोजिम प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुदैंछ । स्थायी सदनका रूपमा रहेको राष्ट्रिय सभामा ५९ सदस्य हुन्छन् ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  १० : ४३ बजे