प्रदेश ३ को राजधानी हेटाैंडा, नाम बागमती

२०७६ पुष २७, आईतवार १२:१७

काठमाडौँ — प्रदेश ३ को राजधानी हेटौंडा तोकिएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा स्थायी राजधानी हेटौंडा तोकियोस् भन्ने मुख्यमन्त्री डोरमणि पौडेलले राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको सभामुख सानुकुमार श्रेष्ठले घोषणा गरे । प्रस्तावको पक्षमा १ सय ५ र विपक्षमा ३ मत परेको छ ।

१ सय१० सदस्य रहेको प्रदेशसभामामतदानका लागि१ सय ८ जना मात्रै सहभागी थिए । यसअघि हेटौंडा प्रदेश ३ को अस्थायी राजधानी थियो।

हेटौंडालाई स्थायी प्रदेश राजधानी बनाउनुपर्ने प्रस्ताव मुख्यमन्त्री एवं नेकपा नेता पौडेलले शनिबार प्रदेशसभा सचिवालयमा दर्ता गरेका थिए। समर्थकहरुमा कांग्रेस सांसद इन्द्र बानियाँ, राप्रपा, राप्रपा (संयुक्त) लगायत ६ दलका सांसद थिए ।

सम्बन्धित समाचार