९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

उपासभामुख डा शिवमायालाई नेकपा पाटीले सभामुख बन्न रोकेको कार्यप्रति फिपनाको ध्याकर्षण पत्र


Ang

२ माघ २०७६, बिहिबार  

0
Shares

प्रतिनिधि सभाको सभामुखको पद रिक्त रहेको अवस्थामा उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलाई नेकपाको सरकारले राजीनामा दिन दवाव दिएको कार्यप्रति आदीवासी जनजाती महासंघ अमेरिका फिफनाले नेकपा पाटीलाई ध्यानकर्षण पत्र पठाएको छ । सभामुख नभएको अवस्थामा उपसभामुख स्वत सभामुख हुने प्रावधानलाई ख्याल नगरि नेकपा सरकारले सक्षम उपसभामुख डा तुम्बाहाम्फेलाई सभामुख हुन नदिएको नियतप्रति विरोध जनाउदै फिपनाले पत्र मार्फत नेकपा पाटीलाई सजग गराएको छ । फिपनाको अध्यक्ष र महासचिवले संयुक्त रुपमा जारी विज्ञाप्ती

श्री

अध्यक्ष ज्यु

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रिय समिति

ध्यानाकर्षण पत्र

नेपालमा हाल प्रतिनिधी सभाको सभामुख पद रिक्त छ , संविधानमा उल्लेख भए बमोजिम उक्त पद रिक्त भएमा स्वत उपसभामुखले कार्यवाहक संचालन गर्नेछ भन्ने व्यवस्था छ ।उक्त पद पुर्ती गर्न हाल सत्तारूढ़ दलहरूमा देखिएको विभिन्न चलखेलहरू प्रती नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को गम्भीर ध्यानाकर्षण भएको छ । वर्तमान संविधानमा व्यवस्था भए अनुसार कुनै एक पार्टीको सभामुख भए उपसभामुख अर्को पार्टीको हुनुपर्ने र सोही अनुसार लिंगानुपात पनि मिलाई सभामुख र उपसभामुखमा एकमा महिला भए अर्कोमा पुरूष हुनुपर्ने संबैधानिक व्यवस्था छ । प्रतिनिधी सभा को सभामुख पद रिक्त हुदा कतिपय जनताको सरोकारका विषय हरू निर्णय हुन सकेको छैन । त्यसकारण तत्काल प्रतिनिधि सभाको सभामुखको निर्वाचन गराई जनताको प्रत्यक्ष अप्रत्यक्ष सरोकारका विषयहरूमा ध्यान दिदै संसद लाई व्यवस्थित र विना राजनितिक हस्तक्षेप संचालनको लागि दलका नेताहरूप्रती हार्दिक अनुरोध गर्दछौ । वर्तमान उपसभामुख डा। शिवमाया तुम्बाहाम्फे नेपाली महिला आन्दोलन मात्र होईन नेपाली विद्यार्थी आन्दोलन, प्रजातान्त्रिक आन्दोलन र संघिय लोकतान्त्रिक गणतन्त्रको आन्दोलन मा सदैव अग्रणीस्थानमा उभिएर नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएकी एक ईमान्दार, सक्षम , योग्य र जुझारू नेतृ हुनुहुन्छ । अहिले विभिन्न मिडीयाहरूमा उहाको अन्तर्वाताहरू आए संगै उहाप्रती उहाकै पार्टी सत्तारूढ़ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय ले पदमुक्त गराउन विभिन्न दवावहरू दिएको कुरा सार्वजनिक भएको प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपालको प्रतिनिधि सभाले एक सक्षम, योग्य ,महिला , आदिवासी महिला नेतृत्व पाएको छ यसको राज्य ले , दलहरूले सदुपयोग गर्नुपर्छ, र उहालाई अवसर दिनु पर्दछ । त्यसकारण प्रतिनिधीसभाको सभामुख मा डा। शिवमाया तुम्बाहाम्फे लाई बन्न बाट रोक्न खोजिएको विषयमा हाम्रो आम चासो र ध्यानाकर्षण भएको र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्व लाई यसप्रती सजक रहन पनि अनुरोध गर्दछौ ।

बोधार्थ:- -सम्माननीय प्रधानमन्त्री को कार्यालय सिंहदरबार काठमान्डौ -प्रतिनिधि सभा, नेपाल

लोक चेम्जोङ

अध्यक्ष

नरेन्द्र थापा

महासचिव

प्रकाशित मिति : २ माघ २०७६, बिहिबार  १२ : २६ बजे