३० माघ २०८२, बिहिबार | Fri Feb 13 2026

अमेरिकामा गोली चल्दा चारको मृत्यु, एक घाइते



एजेन्सी– अमेरिकामा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३ बालबालिका र एक महिला छन्।

उताह राज्यमा शुक्रबार राति भएको घटनामा परी उनीहरुको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।

प्रहरीले घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेका व्यक्ति नाबालिग रहेकोमात्र खुलाएको छ।

प्रदेशको राजधानी सहर साल्ट लेक सिटीसँगै जोडिएको ग्रान्ट्सभिल्ले भन्ने ठाउँमा गोलीकाण्ड भएको हो।

‘सरकारी अधिकारीहरु घटनास्थलमा पुगेर चार जनाको मृत्यु भएको पुष्टि गरेका छन्,’ ग्रान्ट्सभिल्लेका एक जना प्रहरी अधिकृत होन्डा फिल्डसले भने।

उनले घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको र घाइतेको अस्पतालमा उपचार भइरहेको जानकारी दिए।

आक्रमण गर्ने र पिडितहरु एउटै परिवारका हुन की होइनन् भन्ने अहिले एकिन भइनसकेको पनि उनले बताए।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ११ : २२ बजे