५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

नेकपा केन्द्रीय कमिटी बैठक माघ १५ देखि



काठमाडाैं– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीको बैठक माघ १५ गतेदेखि राष्ट्रिय सभा ग‌ृहमा बस्ने भएको छ।

यसअघि पुस तेस्रो सातादेखि बस्ने तय भएको बैठक राष्ट्रिय सभा निर्वाचनका कारण सरेको हो। राष्ट्रिय सभा निर्वाचन बिहीबार हुँदैछ।

केन्द्रीय कमिटी बैठक प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा ११ बजेदेखि बस्ने भएको हो । नेकपामा ४४५ जना केन्द्रीय सदस्य छन्। पार्टी कार्यालय धुम्बाराहीमा नअट्ने भएकाले बैठक सभागृहमा गर्न लागिएको हो।

नेकपाको केन्द्रीय कमिटी झन्डै २ वर्षदेखि बस्न सकेको छैन। २०७४ साल जेठमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकता भएपछि बालुवाटारमा केन्द्रीय समिति बैठक बसेको थियो।

त्यसयता बैठक नबसेपछि दोस्रो तहका केही नेताहरूले बैठक बोलाउन माग गरेका थिए।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ३ : ४४ बजे