२७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026

अस्ट्रेलियामा डढेलो निभाउने विमान दुर्घटनामा ३ जना अमेरिकीको मृत्यु



एजेन्सी– अस्ट्रेलियाको न्यू साउथ वेल्समा भएको आगो निभाउने विमान दुर्घटनामा चालकदलका तीन जना अमेरिकी नागरिकको मृत्यु भएको छ ।

न्यु साउथ वेल्स ग्रामीण अग्नि नियन्त्रण कार्यालयले सिड्‍नीनजिकै रहेको पहाडी क्षेत्रमा लागेको डढेलो निभाउन जाँदा विमान दुर्घटना भएको हो ।

स्ट्रेलियाली अधिकारीका अनुसार मोनारो क्षेत्रको पहाडमा विमान ठोक्किएको थियो। जमिनमा ठोक्किएपछि विमानमा आगो लागेको अधिकारीहरुले बताएका छन्। दुर्घटनाको कारण भने थाहा भएको छैन।

दुर्घटनामा परेको आशंका गरिएको विमान बोइङ ७३७ हो। ‘वाटर बम्बिङ प्लेन’ नामले चिनिने यस्तो जहाजमा सामान्यतयाः दुई जना पाइलट हुने गर्छन्। यसले १५ हजार लिटर पानी बोक्न सक्ने क्षमता राख्छ। साथै यसले आगो निभाउन प्रयोग गरिने विभिन्न पदार्थ तथा पानीको सहायताले जमिनमा रहेका अग्निनियन्त्रकलाई सहयोग पुर्‍याउँछ।

सिड्‍नीबाट पाँच घण्टाको दूरीमा रहेको पहाडी क्षेत्रको झन्डै ९४ हजार हेक्टर क्षेत्रफलमा आगो फैलिएको छ।सेप्टेम्बरबाट विभिन्न अस्ट्रेलियामा फैलिएको भीषण आगलागीका कारण अहिलेसम्म २९ जनाको मृत्यु भइसकेको छ। झन्डै २ हजार घर ध्वस्त भइसकेको छ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहिबार  २ : २१ बजे