५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

अमेरिकी बास्केटबल खेलाडी ब्रायन्टको हेलिकप्टर दुर्घटनामा मृत्यु



एजेन्सी— एनबीए लेजेन्ड कोबी ब्रायन्टको आइतबार हेलिकप्टर दुर्घटनामा निधन भएको छ । अमेरिकी संचारमाध्यमका अनुसार उनी चढेको हेलिकप्टर लस एन्जलसको पूर्वी भागमा दुर्घटनाग्रस्त भएको हो ।

लस एन्जलस प्रहरीले दुर्घटना बिहानको हुस्सुको कारणले भएको हुन सक्ने बताउँदै त्यसमा परेका सबैको मृत्यु भएको पनि जनाएको छ। ब्रायन्‍ट पाँच पल्टका एनबीए च्याम्पियन हुन्। दुर्घटनामा ब्रायन्टकी १३ वर्षीया छाेरी जियानाको पनि मृत्यु भएको छ । हेलिकप्टरमा चालकदलका सदस्यसहित ९ जना रहेका थिए।

सन् १९९६ मा आफ्नो खेल जीवन सुरु गरेका ४१ वर्षीय ब्रायन्टले सन् २०१६ मा सन्यास लिएका थिए। सन् २००८ र २०१२ मा अमेरिकाले ओलम्पिकमा बास्केटबलतर्फ स्वर्ण जित्दा उनी त्यस टिमका सदस्य थिए।

 

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ११ : ४९ बजे