अफगानिस्तानमा अमेरिकी लडाकु विमान दुर्घटना

२०७६ माघ १४, मंगलवार १३:३७

एजेन्सी– अमेरिकी सेनाले आफ्नो एउटा लडाकु विमान अफगानिस्तानको घाज्‍नी प्रान्तमा दुर्घटना भएको पुष्टि गरेको छ ।

यूएस फोर्सेस अफगानिस्तान(यूएसएफओआर–ए) का प्रवक्ता सोनी लेजेटले अमेरिकी सेनाको लडाकु विमान बम्बार्डियर ‘ई–११ ए’ दुर्घटना भएको पुष्टि गरेका हुन् । उनले दुर्घटनाको अनुसन्धान भइरहेको र दुस्मनले खसालेको पुष्टि नभएको बताएका छन् ।

विमानमा कति जना सवार थिए भन्ने खुलाइएको छैन । तालिबानका सामाजिक सञ्जालमा बलिरहेको विमानको भिडियो पोस्ट भएका छन् । तालिबानले अमेरिकी लडाकु विमान आफूले खसालेको दाबी गरे पनि त्यसको औपचारिक पुष्टि भएको छैन ।

अफगानी सेनालाई तालिम दिन र सहयोगका लागि अहिले अफगानिस्तानमा झन्डै १३ हजार अमेरिकी सेना छन् ।

सन् २००१ मा अफगानिस्तानविरुद्ध युद्ध सुरु गरेसँगै दुई हजार ४ सयभन्दा बढी अमेरिकी सेना मारिएका छन् । सन् २०१९ मा २३ जना अमेरिकी सेना अफगानिस्तानमा मारिएका थिए ।

सम्बन्धित समाचार