काठमाडौँ — सत्तारुढ नेकपा केन्द्रीय कमिटि बैठक सुरु भएको छ । पार्टी एकीकरणको २१ महिनापछि दोस्रोपटक बुधबार राष्ट्रिय सभागृहमा बैठक बसेको हो ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले उद्घाटन मन्तव्य र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले दुवै अध्यक्षका तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यस्तै महासचिव विष्णु पौडेलले सांगठनिक र विधान संशोधन प्रस्ताव तथा सातै प्रदेशका अध्यक्षहरूले प्रगति प्रतिवेदन प्रस्तुत गर्नेछन् ।