प्रेस स्वतन्त्रता सेनानी ‘चाचाजी’को निधन

२०७६ माघ १६, बिहीबार १०:५०

नेपालगन्ज– बाँकेका अग्रज पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता ‘चाचाजी’को निधन भएको छ । ९२ वर्षीय गुप्ताको बुधबार राति उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा निधन भएको हो ।

केही वर्षयता अस्वस्थ रहेका सेनानी गुप्ताले बुधबार साँझ बान्ता गरेपछि अस्पताल लगिएको थियो । सेनानी गुप्ताका छोरा तथा पूर्वनगरप्रमुख विजयकुमार गुप्ताले उपचारका क्रममा उनको निधन भएको बताए ।

नेपालगञ्जको पत्रकारितामा छुट्टै पहिचान बनाएका सेनानी गुप्ताले ‘किरण साप्ताहिक’को सम्पादक रहेर लामो समय पत्रकारिता गरेका थिए । पत्रकारितामा गुप्ताको योगदानको कदर गर्दै नेपाल पत्रकार महासंघले एक दशकअघि सेनानीको उपाधि दिएको थियो । अग्रज पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी गुप्ताको निधनले बाँकेको पत्रकारिता क्षेत्रलाई अपूरणीय क्षति पुगेको नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले बताए ।

सम्बन्धित समाचार