५ असार २०८२, बिहिबार | Thu Jun 19 2025

ओमानले दियो नेपाललाई १९८ रनको लक्ष्य



काठमाडौं– आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेलमा नेपालले जितका लागि १९८ रनको लक्ष्य पाएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा ओमानले ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनाएको हो । नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो ।

नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट लिए । सुशन भारीले ३, दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए। नेपालका चर्चित लेग स्पीनर सन्दीप लामिछाने भने विकेटविहीन बनेका छन् । १० ओभ बलिङ गर्दा बिना विकेट सन्दीपले ४५ रन दिए ।

करणले पहिलो ओभरको अन्तिम बलमा ओपनर जतिन्दर सिंहलाई बोल्ड आउट गरी नेपाललाई पहिलो सफलता दिलाएका थिए । त्यसैगरी करणले सातौं ओभरको चौथो बलमा खवार अलिलाई क्याच आउट गराए

तेस्रो विकेटका रुपमा १३औं ओभरमा अकिब इलयास रन आउट भए । छैटौं विकेटका लागि गौड र मोहमद नादिमले ६० रनको साझेदारी गरे।

करण केसीले ४८औं ओभरमा २ विकेट लिए । उनले ४८औं ओभरको पहिलो बलमा १८ बलमा २८ रन बनाएर खेलिरहेका नसिम खुसीलाई क्याच आउट गराए भने चौथो बलमा भर्खरै मैदान प्रवेश गरेका खालीमुल्लाह आउट गराए।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  १२ : ५१ बजे