बुद्ध वचन अनुवाद समिति नेपालले बौद्धधर्मको प्रज्ञापारमितामा भएको ज्ञान सवैले सजिलै बुझने गरि भोट भाषाबाट नेपाली भाषामा अनुवाद भइरहेको छ । अहिले प्रज्ञापारमिता सूत्रको अनुवाद कार्य लगभग ४० प्रतिशत सम्पन्न भईसकेको छ । दैनिक १० देखि १२ जना विभिन्न गुम्बाका खेन्पो, आचार्य, लोचवा र अनुवादकहरुबाट अनुवाद कार्य तिव्र रुपमा अगाडी बढिरहेको समितिले जनाएको छ । शुरुमा कपन गुम्बामा भएको अनुवाद अहिले पाटनको चाकुपाट र बौद्धमा गरि तिन ठाउमा अनुवादको कार्य चलिरहेको छ ।
प्रज्ञापारमितामा त्रिपिटक भनेको भदन्त भगवान बुद्धले बुद्धकालमा ८४ हजार धर्मस्कन्द देशना गरेर जानुभयो । त्यसमध्ये ८४ हजार धर्मस्कन्दलाई हामीले तीन भागमा बाडेर हेर्न सक्छौ अभिधर्म पिटक, विनय पिटक र सुत्र पिटक गरि यसरी ती तीन वटालाइ नै त्रिपिटक भनिन्छ । यो अभिधर्म पिटक, विनय पिटक र सुत्र पिटक अन्तर्गत अहिले हामीले गरिहेको अनुवाद सूत्र पिटक अन्तर्गत पर्दछ । सूत्र पिटकमा भदन्त भगवान बुद्धले शुन्यताको अत्यन्तै गम्भिर शिक्षाको बारेमा बताएको छ । नेपाली राष्ट्रिय गौरवको अध्यात्मिक परियोजनाका अमेरिकाकास्थित प्रचार प्रसार बिभागका संयोजकको आङ बाबु शेर्पाले गत वर्ष न्युयोर्कमा पहिलो पटक प्रज्ञापारमिता सुत्र वचनकार्य सम्पन्न गरेको थियो । संयोजक शेर्पाले शिदे कुन्खेप्लिंग बौद्ध धर्मकेन्द्रका सस्थापक सदस्य धर्म गुरु गेश्य टाशी दोर्जी र सस्थाको क्रियासिल सदस्यहरुको सहकार्यमा प्रज्ञापारमिता सुत्र बचनकार्य सम्पन्न गरेको थियो ।
उक्त कार्यक्रमबाट बचेको रकम बुद्ध वचन अनुबाद समिति नेपाललाई पठाई सकेको छ । त्यस्तै गत फेबररी ५ तारिखका दिन टेक्सास राज्यको डल्लास सहरमा प्रज्ञापारमिताको बारेमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि पिसिडि बौद्ध धर्म केन्द्रसंग आबद्ध सदस्यहरूले कुल ७ हजार ७सय ७७ डलर सहयोग रकम संकलन गरी संयोजकलाई हस्तन्तरण गरिएको जनाएको छ । बुद्ध बचन अनुवाद समितिलाई युनाइटेड शेर्पा एसोसियसनले पनि आर्थिक सहयोग संकलन गर्न लागेको जानकारी प्राप्त भएको संयोजक शेर्पाले बताए । डल्लासमा भएको कार्यक्रममा पिसिडि बौद्ध धर्म केन्द्रका सस्थापक सदस्य छिरिङ शेर्पा लामा, तेन्जीदावा शेर्पा, रिन्जी शेर्पा खम्बाचे, टासी शेर्पा, आङ दावा शेर्पा, पिटर शेर्पा, छुल्डिम शेर्पा, अम्लोक शेर्पा र पासाङ शेर्पा लगायतको उपस्थिति रहेका थिए । उक्त भेलाले ल्होसार पाटीको दिन प्रज्ञापारमित र अनुवादको बारेमा जानकारी गराउने र सहयोग गर्न चाहनेहरुलाई पनि सम्पर्क गर्न संयोजकले अनुरोध गरेको छ ।