५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

अध्यक्ष ओलीलाई आराम गर्न चिकित्सकको सुझाव, नेकपा सचिवालय बैठक स्थगित



काठमाडाैं– प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यले साथ नदिएपछि आइतबार बस्ने भनिएको नेकपा केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ ।

नेकपाको पार्टी एकता प्रक्रिया टुंग्याउन आइतबार आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बस्ने भनिएको थियो।

प्रधानमन्त्री ओलीलाई आराम गर्नुपर्ने भएकाले बैठक स्थगन गरिएको बताइएको छ । मृगौलाको समस्या भोगिरहेका प्रधानमन्त्री ओलीको शनिबार मात्रै डाइलाइसिस गरिएको थियो ।

आजको बैठक तयारीका लागि नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच शनिबार बिहान छलफल भएको थियो।

प्रधानमन्त्री ओलीले आजै नेपालले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ कार्यक्रम पनि उद्घाटन गरेनन्। दरबरमार्गस्थित याक एन्ड यति होटलमा सरकारले आयोजित ‘सगरमाथा संवाद’ राष्ट्रिय सम्मेलनको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरे।

 

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १ : ०६ बजे