नयाँदिल्ली (एजेन्सी)– भारतको नयाँ दिल्लीमा विधान सभाका लागि भएको निर्वाचनमा आम आदमी पार्टी (आप) ले मंगलबार सम्पन्न मतगणनामा ६२ सीटमा विजय भएको छ । त्यस्तै भारतीय जनता पाटी (भाजपा) ले आठ स्थानमा विजय हाँसिल गरेको छ । प्रतिशतका आधारमा भाजपाले ८८.५७ प्रतिशत सीट ल्याएको छ भने भाजपाले ११.४३ प्रतिशत सीट जितेको छ ।
कूल ७० सीटको विधान सभामा आपले कूल ६२ सीटमा विजय गरेको छ भने भाजपाले जम्मा आठ स्थानमा जीत निकालेको छ भने केन्द्रमा प्रमुख प्रतिपक्षी दल भारतीय कङ्ग्रेसले कुनै पनि स्थान सुरक्षित गर्न सकेन । यस अघि सन् २०१५ को विधान सभामा आपले ६७ सीट जितेको थियो भने भाजपाले तीन सीट ल्याएको थियो ।
मंगलबार सम्पन्न निर्वाचन परिणामको नतिजालाई भारतीय निर्वाचन आयोगका अधिकारीहरूले पुष्टि गरेका छन् । परिणामलाई निर्वाचन आयोगको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ ।